प्लास्टिक नियन्त्रण सम्बन्धी कानुन निर्माण गर्न जेनेभामा बैठक

जेनेभा । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धी कार्यक्रम स्वीजरल्याण्डको जेनेभामा आजबाट सुरु भएको छ ।
प्लास्टिक प्रदुषण नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमले विभिन्न देशहरुमा वैठक आयोजना गर्दै आइरहेको छ । जेनेभाभन्दा अघि कोरिया, क्यानाडाजस्ता देशहरुमा प्लास्टिक प्रदुषणका लागि बाध्यकारी कानून विकार गर्न बैठकहरु आयोजना भएका थिए । ती बैठकहरुबाट त्यस्तो बाध्यकारी कानुन जारी गर्ने गरी सम्झौता गर्न सफलता हाल नलागेपछि अहिले जेनेभामा पुनः पाँचौ सत्रको दोस्रो बैठक आयोजना भएको हो ।
ग्लोबल प्लास्टिक सन्धी अनुमोदनको प्रयास स्वरुप स्वीजरल्याण्ड सरकार र संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा कार्यक्रम भएको हो । बैठकमा १५९ देशका सरकारी प्रतिनिधि सहभागी भएका छन् भने यी सहभागीहरुले प्लास्टिक नियन्त्रणसम्बन्धी सम्झौता अनुमोदन गर्ने कार्यसूची छ ।
यस अघिका बैठकहरुमा यस्तो सम्झौतामा सबै देशको सहमति हुन सकेको थिएन । सन् २०२२ मा राष्ट्रसंघका सदस्य देशहरुले प्लास्टिक नियन्त्रण र सामुद्रिक वातावरणका लागि कानुनी रुपमा बाध्यकारी सम्झौता गर्ने निर्णयमा सहमत भएका थिए ।