शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार १५:५१
फोटो : ओझा Linkedinआइडी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

सर्वोच्चले दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

ओझामाथि फर्जीं र झुठो कागजात तयार पारी मन्त्रिपरिषदमा पेश गरेर बीमा प्राधिकरणको नियुक्ति खाएको आरोप लाग्दै आएको छ । सो सम्बन्धमा सर्वोच्च अदालतमै समेत अर्काे मुद्दा विचाराधीन अवस्थामा छ ।

अन्तरिम आदेश दिने की नदिने भन्ने सम्बन्धमा आज छलफलका लागि पेशी तोकिएको भएपनि हेर्न नभ्याइनेमा गएको हो । अब अर्को दिनलाई पेशी तोकी हेर्न भ्याइएमा अन्तरिम आदेश दिने वा नदिने भन्ने आदेश हुने छ ।