प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार १०:०६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन गएका छन् । त्यहाँका विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि शाक्य आफै चितवन तर्फ गएका हुन् ।

चितवनको चनौली सबस्टेशनले विद्युत् कटौती हुने बारेको सूचना प्रकाशित गरेपछि लोडसेडिङ गरेको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ ।

चितवनमा पछिल्लो समयमा टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा विद्युत आपूर्तिमा समस्या हुँदै आएको छ । प्राधिकरणले शनिबार विद्युत् कटौती सम्बन्धी सूचना जारी गरेपछि यसबारे आलोचनाहरु भइरहेका छन् ।

प्राधिकरणले विद्युत् आपूर्ति छिट्टै हुने र समस्या समाधान गर्ने गरी काम अघि बढाएको जनाएको छ ।