कम्बोडिया र थाइल्याण्डबीचको विवादले उग्र रुपले लिँदै

तु खबर संवाददाता
२०८२ श्रावण ८, बिहीबार १८:०९

काठमाडौं । कम्बोडियाले थाइल्याण्डमा रकेट प्रहार गरेको छ। बदलामा थाइल्याण्डले पनि कम्बोडियाली सैन्य प्रतिष्ठानमा आक्रमण गरेको छ।

थाइल्याण्डको सिसा केट प्रान्तको एउटा ग्यास स्टेशनमा बी एम २१ रकेटले आक्रमण गरिएको थियो। यसले गर्दा कम्बोडियाली र थाई सेनाबीच झडप भएको हो।

यसैबीच थाइल्याण्डको शिक्षा मन्त्रालयले कम्बोडियाको सीमावर्ती क्षेत्रमा रहेका विद्यालय अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ।

बैंककस्थित समाचार आउटलेट थाई इन्क्वायररका अनुसार आवासीय क्षेत्रमा रकेट प्रहार भएपछि सुरिन, सिसाकेट र बुरिराममा ५८२ विद्यालय बन्द गरिएको हो।

थाइल्याण्ड–कम्बोडिया सीमामा जारी झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।