सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी योग्यतामा विवाद भएपछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको थियो ।
सो छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । ओझा निलम्बन भएपछि उनको ठाउँमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।
उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको छ । प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।