सातामा २२०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो साता शुक्रबार तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसआधारमा सातामा सुनको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।जसअनुसार माघ १३ गते तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन माघ १४ गते १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, १५ गते १ लाख ५९ हजार २०० रुपैयाँ कायम हुँदा १६ गते १ लाख ६० हजार ६०० रुपैयाँ, १७ गते १ लाख ६० हजार ५०० रुपैयाँ कायम हुँदा साताको कारोबारको अन्तिम दिन शुक्रबार भने तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । माघ ११ गते तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी त्यसपछि घटबढ हुँदै साताको अन्तिम दिन शुक्रबार १ हजार ९१८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।