गोमायु महाचीलः संकटापन्न प्रजाति र यसको संरक्षण चुनौतीहरु

परिचय
गोमायु महाचीलः (स्टेप्पे ईगल, अक्विला निपलेन्सिस) दक्षिण एशियाका जैविक विविधताले भरिपूर्ण क्षेत्रहरूमा पाइने चरा प्रजाति हो, जुन नेपालमा विशेष गरी हिउँदे आगान्तुक चराहरुको रुपमा देखा पर्छ । यसको प्रजनन्का लागि मध्य एशियाका घाँसेमैदानहरू मुख्य क्षेत्र हुन् । जसमध्ये मंगोलिया, रुस काजाकिस्तान र चीन उल्लेखनीय छन् ।
हिउँद सुरु भएसँगै ती क्षेत्रमा चिरो अत्यधिक बढ्ने हुँदा यो प्रजाति दक्षिणतिर बसाईँ सर्छ र नेपाल, भारत र अन्य दक्षिण एसियाली मुलुकहरुमा शरण लिन्छ । हालसालै गरेको अध्ययनहरूले पनिल्लो ४२ वर्षमा यस प्रजातिको संख्यामा ५० प्रतिशत भन्दा बढीले कमी आएको देखाएको छ । यसै कारणले गर्दा विश्व संरक्षण संघ (युसीएन) ले यस प्रजातिलाई सन् २०१५ देखि संकटापन्न (लोपोन्मुख) पंक्षीको सूचीमा राखेको छ ।
यसको संरक्षणको आवश्यकता न केवल यसको अस्तित्वका लागि । तर, परिस्थितीय सन्तुलनका लागि पपनि महत्वपूर्ण छ । यो प्रजाति वातावरणीय स्वास्थ्यमा योगदान दिने जैविक श्रृङ्खलाको महत्वपूर्ण भाग हो । यस लेखमा गोमायु महाचीलको परिचय, शारीरिक विशेषता, वासस्थान, जनसंख्या घट्नुका कारण, संरक्षण चुनौती र दीर्घकालीन रनीतिहरूको विस्तृत चर्चा गरिनेछ ।
शरीरिक विशेषता
गोमायु महाचील ठूला चिलहरूमा पर्छ, जसको शरीरिको लम्बाइ ६०–८० से.मी र पखेटा फैलावट १६५–१९० से.मी. सम्म हुन्छ । यसको शरिरीर गाढा खैरो र सुनौलो रंगले सजिएको हुन्छ । वयस्क चीलहरुको शरीर सामान्यता गाढा हुन्छ भने बच्चाहरुको हरीरमा सेता धाराहरु द्येखिन्छ । यसको पखेटा लामो, चौडा र मजबुत हुने भएकाले यो प्रजाति सजिलै लामो दरीसम्म उड्न समक्ष छ ।
यसको आँखा तीव्र दृष्टि भएको कारण शिकारको पहिचान र पछ्याउन महत्वपूर्ण भूमिका खेल्छ । यो मांसाहारी प्रजाति हो, जसले साना स्तनधारी, सीपसृप, साना चरा, र मरेका जनावरहरूको मासु खाएर आफ्नो जीवन धान्छ। यसको पाचन प्रणालीले मृत जनावरका अंगहरू समेत सजिलै पचाउन सक्ने भएकाले यो प्रजाति पारिस्थितिकीय सन्तुलन कायम राख्न विशेष महत्वपूर्ण छ ।
नेपालमा वासस्थान र वितरण
गोमायु महाचील नेपालमा मुख्यतः तराई, भित्री मधेश र पहाही क्षेत्रका खुला भू–भागहरूमा पाइन्छ । यो चरा प्रजाति घाँसेमैदान, खेतबारी, चट्टानी क्षेत्रहरूर साना झाडीहरूलाई वासस्थानका रूपमा प्रयोग गर्छ । हिउँदे आगन्तुकको रूपमा आउने यो चरा प्रजाति तापक्रम घट्ने बित्तिकै नेपालका खुला क्षेत्रहरूमा बसाईँ सर्ने गर्छ ।
नेपाल जस्तो जैविक विविधताले भरिपूणै देशमा यो प्रजातिले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । नेपालका कञ्चनपुर, चितवन, र रौतहट जस्ता जिल्ला यस प्रजातिको अध्ययन र निगरानीका लागि महत्वपूर्ण क्षेत्रहरू हुन् । यद्यपी, नेपालमा पनि यसको संख्या घट्दै गएको देखिन्छ । जसले यसलाई संरक्षणका लागि प्राथमिकतामा राख्न आवश्यक बनाएको छ ।
गोमायु महाचीलका मुख्य खतरा र चुनौतीहरु
गोमायु महाचील जस्तै संकटापन्न प्रजातिहरू विभिन्न प्राकृतिक र मानवजन्य कारणले संकटमा परेका छन् । यसको जसंख्या घटाउने प्रमुख कारणहरु वसस्थान विनाश, विषादीको अत्याधिक प्रयोग, बिजुलीका तारहरूसँग ठोक्किने घटनाहरू, अवैध सिकार, र जलवायु परिवर्तन हुन् । यी चुनौतीहरूलाई विस्तृत रूपमा बुझ्ने यसको संरक्षणका लागि महत्वपूर्ण छ ।
(क) वासस्थानविनाशः
वसस्थान विनाश गोमायु महाचीलको अस्तित्वमा प्रत्यक्ष रूपमा असर पार्ने मुख्य कारणमध्ये एक हो । यसको प्राकृतिक वासस्थान घाँसेमैदान, खुला वन क्षेत्रर चट्टानी भू–भाग हुन् ।तर, यी क्षेत्रहरू कृषि जमिनमा रूपान्तरण, शहरीकरणर अन्य मानवजन्य गतिविधिका कारण तीव्र रूपमा सिमित हुँदै गएका छन् । नेपालमा खुला चरिचरन क्षेत्र र प्राकृतिक घाँसेमैदानको अभावले यो प्रजातिको वासस्थान खुम्चिँदै गएको छ । .
यस प्रजाति प्रजनन्कालमा मध्य एशियाका विस्तृत घाँसेमंदानहरूमा निर्भर हुन्छ । ती क्षेत्रहरूमा समेत विकासका नाममा औद्योगिकीकरण र कृषि विस्तारले यसको प्रजनन् क्षमतामा नकारात्मक असर पुर्याएको छ । वासस्थान गुमाउँदा चरा आहारको स्रोत, प्रजनन्का लागि आवश्यक स्थान, र सुरक्षित विश्रामका लागि ठाउँ पाउन कठिन हुन्छ ।
(ख) विषादीको अत्यधिक प्रयोग:
कृषि क्षेत्रमा विषादी र रासायनिक मलको अत्यधिक प्रयोग गोमायु महाचीलका लागि अर्को गम्भीर चुनौती हो । विषादीले यो प्रजातिको शिकारका स्रोतलाई विषाक्त बनाउँछ । उदाहरणका लागि, कृषिमा प्रयोग गरिएका विषादीले साना स्तनधारी, सरीसृप र अन्य जनावरलाई मारेपछि गोमायु महाचीलले यिनै विषाक्त जनावर खाएर अप्रत्यक्ष रूपमा विषादी सेवन गर्न बाध्य हुन्छ ।
यसलाई “सेकेन्डरी प्वाइजनिङ” भनिन्छ, जुन चराको शारीरिक प्रणालीमा दीर्घकालीन प्रभाव पार्छ । विषादीका कारण न केवल चरा मर्छन्, तर, प्रजनन् क्षमतामा पनि ठूलो असर पर्छ । विषादीका प्रभावले अण्डा कमजोर बन्नेर भ्रुणको विकासमा समस्या देखिने र बच्चाहरुको मृत्युदर बढ्ने गरेको पाइन्छ ।
(ग) बिजुलीका तारहरूसँग ठोक्किने घटना
बिजुलीका नाङ्गा तारहरू गोमायु महाचीलको लागि अर्को प्रमुख खतराका रूपमा देखा परेका छन् । विशेष गरी उडानका क्रममा लामो पखेटा भएका चरा बिजुलीका खम्बा वा तारसँग ठोक्किन सक्छन् । नेपाल जस्ता देशमा विद्युत् पूर्वाधारको विस्तार गरिँदै गर्दा यो समस्या झन् बढिरहेको छ ।
ठूलो पखेटा भएकाले गोमायु महाचीलजस्ता चरा बिजुलीका संरचनासँग ठोक्किनका साथै केन्द्र लागेर पनि मृत्युको शिकार हुन्छन् । यस्ता घटनाले हरेक वर्ष ठूलो संख्यामा गोमायु महाचीलको मृत्यु हुने तथ्य फेला परेको छ । उचित व्यवस्थापनको अभावमा बिजुलीका तारहरू चराका लागि “मृत्यु जाल“ बनेका छन् ।
(घ) जलवाययु परिवर्तनः
ज्लवायु परिवर्तनले गोमायु महाचीलको वासस्थान आहार र बसाइँसराईको नमुनामा ठूलो असर पुर्याइरहेको छ । यो प्रजाति आफ्नो बसाइँसराई र प्रजननका लागि विशेष तापक्रम र वातावरणमा निर्भर रहन्छ । तापक्रममा भएको सानो परिवर्तनले समेत यस प्रजातिको व्यवहारमा ठूलो असर पर्छ ।
मध्य एशियाका घाँसेम्रदानमा जलवायु परिवर्तनका कारण गर्मी बड्दै गएकाले यस प्रजातिले आफ्नो प्रजननका लागि उपयुक्त वासस्थान गुमाइरहेको छ । उता, दक्षिण एसियाली हिउँदका समयमा तीव्र मौसम परिवर्तनले आहारको उपलब्धता घटाएको छ । नेपालमा विशेष गरी वर्षाको अनिश्चितता र चरम मौसमी घटनाहरुले गोमायु महाचीलजस्ता आगन्तुक चराहरूको बसाइँसराई प्रक्रियामा अवरोध पुर्याएको छ ।
(ङ) मानव–प्राकृतिक द्वन्द्वः
गोमायु महाचीलको संककमा मानव र प।कृतिबीचको द्वन्द्वले पनि भूमिका खेलेको छ । मानवले आफ्नो जीवनशैली र आवश्यकताका लागि जंगलहरू र घाँसेमैदान नष्ट गर्दा यो प्रजाति थप समस्यामा परेको हो । यसले केवल वासस्थान गुमाउने मात्रै होइन, चराहरू र मानवबीचको द्वन्द्व बढाउँदै गएको छ ।
नेपालमा संरक्षण प्रयासहरू
नेपालमा गोमायु महाचीलको संरक्षणका लागि ठोस् कार्यक्रमहरू थोरै भए पनि नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एने २०२० अन्तर्गत यसलाई कानूनी रूपमा संरक्षण गरिएको छ । नेपाल सरकार मातहतका संरक्षण साझेदारहरू तथा विभिन्न संघसंस्थाथाहरूले गोमायु महाचीलको संरक्षणका लागि जनचेतना कार्यक्रम, अध्ययन र अनुसन्धानका गतिविधिहरू संञ्चालन गर्दै आएका छन् । यसका साथै, सुरक्षित क्षेत्रहरूमा गोमायु महाचीललाई पहिचान गरी स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने प्रया; भइरहेको छ ।
डा. तुलसीराम सवेदीले पछिल्लो पन्ध्र वर्षदेखि गोमायु महाचीलको बसाइँसराई मार्गको निगरानी गर्दै आएका छन् । साथै, २०१६ देखि नेपालका दक्षिणी भागका हिउँदे वासस्थानहरूमा यसका जनसंख्या निगरानी गर्दै आएका छन् । नेपाल पंक्षी संरक्षण संघले काठमाडौं उपत्यकामा हिउँदे मौसममा गोमायु महाचीलको जनसंख्या गणना गर्ने कार्य गर्दै आएको छ ।
निष्कर्ष
गोमायु महाचीलको संरक्षणमा भईरहेका चुनौतीहरू केवल यसको अस्तित्वलाई नै संकटमा पारिरहेका छैनन् । बरु पारिस्थितिकीय सन्तुलनमा पनि गम्भर प्रभाव पादैछन् । यो प्रजाति ठूलो आकारका शिकारी चरा हो, जसको भूमिका प्राकृतिक परिपोषण र जैविक विविधता सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ । यसको अस्तित्व संकटमा पर्नु भनेको जैविक श्रृङ्खला र पारिस्थितिकी प्रणालीमा एक गहिरो विघटनको सङ्केत हो । यसको सरसर्ती निगरानी र संरक्षण्का उपायहरूमा ध्यान नपुर्याउनु प्राकृतिक र मानवजन्य सम्बन्धमा थप कठिनाइ संकट उत्पन्न गर्न सक्छ ।
विभिन्न कारणहरूले गोमायु महाचीलको संख्या घटेको छ । वासस्थान विनाश र सूक्ष्म जैविक संरचनाहरूको अव्यवस्थित प्रयोगले यसको आवश्यक वासस्थानमा थप संकट निम्त्याएको छ । घाँसेमैदान र खुला वनक्षेत्रको अतिक्रमण, कृषि विस्तार र शहरीकरणको अनुकुल वासस्थानमा कमी ल्याइरहेको छ । विषादी र रासायनहरूको अत्यधिक प्रयोगले यसको आहार श्रृङ्खलामा विषाक्तता ल्याएको छ । जसले गोमायु महाचीलको स्वास्थ्य र प्रजनन् क्षमतालाई प्रत्यक्ष असर पार्दछ । बिजुलीका खम्बा र तारहरू गोमायु महाचीलको लागि प्रायः “मृत्यु जाल” बन्ने गरेका छन् । लामो पखेटाका कारण यी चरा प्रायः विद्युत् तारहरूसंग ठोक्किने वा तिनमा करेन्ट लागेर मर्ने गरेका छन् । अवैध शिकारको अवस्था अझै पनि चिन्ताजनक छ, जसले न केवल यस प्रजातिको संख्या घटाइरहेको छ, बरु यसको अंगहरूको अवैध व्यापारलाई पनि प्रोत्सहान दिइरहेको छ । अर्कोतर्फ, जलवायु परिवर्तनको प्रभावले गोमायु महाचीलको आहार र वासस्थानमा गम्भीर समस्या ल्याइरहेको छ ।
यसर, गोमायु महाचीलको संरक्षणमा हामी सबैको संलग्नता र जिम्मेवारीको आवश्यकता छ, ताकी यो अद्धितीय प्रजाति भविष्यका पिढीहरुलाई पनि देखाउन सकियोस् ।
समिक्षा भुषाल
(अनुसन्धानकर्ताः वन विज्ञान संकाय, हेटौंडा)