शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको थियो ।
यस्तै,आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
