ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

तु खबर संवाददाता
२०८१ मंसिर ५, बुधबार ०८:१४
सांकेतिक तस्वीर

बुटवल । नवलपरासीको सुस्तामा ट्रकले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता १ बरुवा बस्ने वर्ष ६५ का रामजी नेपाली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्री लाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्दार गरी उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।