चितवनमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु
काठमाडौं । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट नारायणगढको लागि छुटेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङको लागि छुटेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।