अमेरिका जाँदै सन्दीप लामिछाने

तु खबर संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १५:३५
file-photo

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आज अमेरिका जाने भएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै लामिछाने त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्रिकेट संघका अनुसार, त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् ।

टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् ।

अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ । नेपालले पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्ने जनाइएको छ ।