प्रधानमन्त्री उद्धार कोषमा एक अर्ब ४७ लाखभन्दा बढी रकम जम्मा
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गते बुधबारसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, उद्धार कोषमा यसअघि असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार २०९ रुपैयाँ जम्मा भएको थियो ।