लागूऔषध मुद्दामा फरार मकवानपुरका पुरुष पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन ३०, बुधबार १६:२४

मकवानपुर । लागूऔषध गाँजा/चरेश मुद्दामा फरार मकवानपुरका एक पुरुष मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, रमनटार बस्ने बर्ष ४६ को मिलन लामा स्याङ्वो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षम अर्यालका अनुसार, स्याङ्वोलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा २ वर्ष कैद र रु.२० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । खोजतलासको क्रममा उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।