मनसुनी वायुको प्रभाव कायमै: वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ आश्विन २१, सोमबार ०९:५९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ ।

महाशाखाका अनुसार, देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनका अनुसार, आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली रही केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ती प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।