दशैँको तेस्रो दिनः आज चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै
काठमाडौं । आज बडादशैँ एवम् नवरात्रको तेस्रो दिन । आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवम् धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
मार्कण्डेय पुराणमा ‘चन्द्र ः घण्टायां यस्या ः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख छ ।
चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास छ ।