विपद्को घटनामा परेर मृत्यु हुनेको संख्या १३२ पुग्यो

तु खबर संवाददाता
२०८१ आश्विन १३, आईतवार १६:४८
सांकेतिक तस्वीर

काठमाडौं । बाढी, पहिरो र डुबानलगायत विपद्को विभिन्न घटनामा परेर मृत्यु हुनेको संख्या १३२ जना पुगेको छ ।

हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको विपद्को घटनामा परेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् ।

देशभरबाट बाढी, पहिरो र डुबानमा परेका ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल पुर्याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरू सक्रिय भएर लागि परिरहेका छन् ।