हेटौंडामा टिभिएसको दुई नयाँ मोडल सार्वजनिक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा टिभिएसको दुई नयाँ मोडल सार्वजनिक भएको छ ।
टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले असोज ३ गते बिहीबार उक्त मोडलहरु सार्वजनिक गरेको हो ।
टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टमा टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) सार्वजनिक गरिएको हो ।
नयाँ पुस्ताका राईडरहरुलाई ध्यानमा राखि उक्त दुई मोडल तयार गरिएको कम्पनीले दाबी गरेको छ ।
टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) फ्युल ईन्जेक्सन भेरिएन्ट ग्राहकको चाहना अनुसार तयार गरिएकोले यसले सजिलै ग्राहकको मन जित्ने हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले जानकारी दिए ।
यी दुबै मोडलमा आधुनिक डिजईन भएको र यसले ईन्धनको प्रयोगलाई किफायती बनाउने हेटौंडा अटो मार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।
टिभिएसको रेडर (एफआई) को मूल्य २ लाख ९२ हजार ९०० र रेडिअन (एफआई) को मूल्य २ लाख ३६ हजार ९ सय रुपैयाँ रहेको छ ।
