आजको मौसमः वर्षाको सम्भावना कायमै
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वर्षाको सम्भावना कायमै रहेको जनाएको छ । महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षा हुने जनाएको हो ।
महाशाखाका अनुसार, आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणयता बदली रही बाँकी भू–भागमा आंशिकदेखि मुख्यता सफा रहनेछ । यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोर हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको जनाइएको छ ।
