स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत
काठमाडौं । आगामी मंसिर १३ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको लागि कार्यतालिका स्वीकृत गरेको हो ।
स्वीकृत कार्यतालिका अनुसार, असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
यसैगरी, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
त्यसपश्चात आगामी मंसिर १६ गते निर्वाचन हुनेछ ।
