बुधबार शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेर २ हजार ५७६ दशमलव ७६ विन्दुमा पुगेको छ ।
यसस्तै, आज शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ ।
यसदिन ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।
आज १३ वटा समूहमध्ये २ वटा समूह शेयर बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ ।