भोटेकोसीमा बलेरो खस्दा बेपत्ता भएका चालकको शव भेटियो
काठमाडौं । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खस्दा बेपत्ता भएका चालकको शव भेटिएको छ ।
जिल्लाको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार भेटिएको हो । उनको शव गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शव तामाङका परिवारले सनाखत गरेको हो । शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ ।
