घरेलु तथा साना उद्योग संघ मकवानपुरको अधिवेशन आज
मकवानपुर । घरेलु तथा साना उद्योग संघ तथा महिला उद्यमी समिति मकवानपुरको साधारण सभा तथा जिल्ला अधिवेशन आज हुँदैछ ।
संघको २९ औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला अधिवेशन आज हुन लागेको हो ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने संघका महासचिव कुमार पौडेलले जानकारी दिए ।
घरेलु तथा साना उद्योग संघमा १९ र महिला उद्यमी समितिका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने साधारणसभा तथा अधिवेशनको बागमती प्रदेश सरकारका उद्योग, वाणीज्य, भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उक्त संघमा दुई सय बढी घरेलु तथा साना उद्योग आबद्ध छन् ।
