आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ भाद्र २९, शनिबार ०८:५४
file-photo

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्ज र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ ।