निर्माण व्यवसायी महासंघ बागमतीको अध्यक्षमा तामाङ निर्वाचित
काठमाडौं । निर्माण व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा छत्र बहादुर तामाङ निर्वाचित भएका छन् ।
महासंघको राजधानीमा सम्पन्न दोस्रो अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कंडेल निर्वाचित भएका छन् भने महासचिवमा चन्द्र कुमार वाइवा निर्वाचित भएका छन् ।
यस्तै, उपमहासचिव (नितिगत) मा रामवावु घिमिरे, उपमहासचिव (आन्तरिक) मा लक्ष्मण थपलिया र कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सह–कोषाध्यक्षमा दिलबहादुर बम्जन निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः प्रल्हाद चौंलागाई, देवराज पाण्डे, ढकप्रसाद गौतम, राजेन्द्र चौलागाई, पदम बहादुर श्रेष्ठ, राजेन्द्र आचार्य र चन्द्रमाया भँडेल निर्वाचित भएका छन् ।
