सोमबार ५५ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार परिसूचक नेप्से भारी अंकले गिरावट आएको छ ।
आज नेप्से ५५ अंकले घटेरको बजार परिसूचक २ हजार ६४६ अंकमा झरेको छ ।
यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा ९ अर्ब ३७ करोडको मात्रै कारोबार भएको छ ।
यसअघि आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको थियो ।
यसदिन २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको जनाइएको छ ।
