लुम्बिनी प्रदेशका सांसद् केसी कारागार चलान
काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद् धनबहादुर केसी कारागार चलान भएका छन् ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् ।
उनलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।
