विदेशी मुद्राको विनिमय दर कति ?

तु खबर संवाददाता
२०८१ भाद्र २२, शनिबार ०९:५१

काठमाडौँ । आज २०८१ साल भदौ २२ गते शनिबार सन् २०२४ सेप्टेम्बर ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ८४ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ५५ पैसा र बिक्री दर १७७ रुपैयाँ ३४ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।