मकवानपुरका तामाङले गाए दुई भाषामा गीत (भिडियोसहित)
मकवानपुर । मकवानपुरे गायक प्रकाश तामाङले दुई भाषामा गाएको गीत सार्वजनिक गरिएको छ । गायक तामाङले नेपाली र इन्डोनेसियन गरी दुई भाषामा गाएको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा उनलाई इन्डोनेसियन गायिका बेलिनाले साथ दिएकी छन् । पहिलो पटक गायक तामाङले इन्डोनेसियन र गायिका बेलिनाले नेपाली भाषामा गीत गाएका हुन् ।
नेपाली गायकले गाएका हिन्दी र अंग्रेजी भाषाका गीत भने प्रशस्त पाइन्छ । तर, सम्भवतः नेपाली गायकले इन्डोनेसियन भाषामा गाएको गीत यो पहिलो पटक नै हो ।
गीत गायक तामाङकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतमा शब्द, संगीत गायक तामाङ र सुरज तितुङको रहेको छ भने गीतलाई दिपेश प्रधानले मिक्सिङ मास्टरिङ गरेका छन् ।
गीतको म्युजिक भिडियोमा समिर तामाङ र बेलिनाको अभिनय रहेको छ ।
विक्रम लुङ्वाको छायाँकन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोमा रामेश्वर हुमागाईँको सिनेम्याटोग्राफी रहेको छ ।
म्युजिक भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।
