पानीमा डुबेर मकवानपुरकी बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार ०८:३४

मकवानपुर । खाल्टोमा जमेको पानीमा डुबेर मकवानपुरकी एक बालिकाको मृत्यु भएको छ ।

शनिबार जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६, सिलिङ्गेमा खाल्टोमा जमेको पानीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक बालिकाको हाल नाम खुलेको छैन । ती बालिकाका स्थानीय शेरबहादुर प्रजाको छोरी रहेको बुझिइएको छ ।

सम्बन्धित वडाको वडाध्यक्षबाट घटना बारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी घटना स्थल पुगेको थियो ।

उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।