कस्तो रहला आजको मौसम ?

तु खबर संवाददाता
२०८१ भाद्र ८, शनिबार १०:१४

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ ।

सबै प्रदेशहरूका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।