भक्तपुरमा एक पुरुष मृत अवस्थामा भेटिए
भक्तपुर । भक्तपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ्स्थित सडक छेउमा अन्दाजी ५० वर्षीय पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ती पुरुषको शव आइतबार भेटिएको हो । उनको सनाखत हुन सकेको छैन ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
