‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुयालाई

तु खबर संवाददाता
२०८१ भाद्र २, आईतवार ०९:१७

काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले हाँसिल गरेकी छन् ।

नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले शनिबार सम्पन्न ग्राण्ड फिनालेमा उपाधि हाँसिल गरेकी हुन् ।

यो जितसँगै तामाङले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गरी उपाधि जित्न सफल भएकी हुन् । उनी कोच प्रमोद खरेलको टिम थिइन् ।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।