कस्तो रहला आजको मौसम ?

तु खबर संवाददाता
२०८१ भाद्र १, शनिबार ०९:०७

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको जनाएको छ ।

महाशाखाका अनुसार, त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक– दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ।

यस्तै, आज दिउँसो देशभर साधरणतया बदली रहने छ भने राति देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।