मकवानपुरको बागमतीमा रेविजबाट दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा रेविजबाट दुई जनाको मृत्यु भएको छ ।
बागमती गाउँपालिका वडा नम्वर ८, साततलेमा रेविजबाट एक साताको अवधिमा दुई जनाको मृत्यु भएको बागमती गाउँपालिकाका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले जानकारी दिए ।
पशुसेवा प्राविधिक गोलेका अनुसार, रेविजबाट स्थानीय ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको मृत्यु भएको हो ।
मृतक नेगीलाई ६ महिना अगाडि र थोकरलाई ५ महिना अघि कुकुरले टोकेको बुझिइएको छ ।
उनीहरुको रेविजबाट मृत्यु भएसँगै बागमती गाउँपालिकाका वासिन्दाहरु त्रासित छन् । उनीहरुको मृत्यु भएसँगै २६ जना स्थानीयहरुले रेविजविरुद्धको खोप लगाइएको छ ।
