बिहीबार सुनचाँदीको भाउ स्थिर

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १०:४४

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदी बुधबारकै मूल्यमा बिहीबार पनि कारोबार भइरहेको जनाएको हो ।

महाशाखाका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

यसैगरी, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको जनाइएको छ ।