विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ ।
ब्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका विद्युत् प्राधिकरणको सञ्चालक समितिमा रहेका दुई सदस्यलाई हटाएर सरकारले सो पदमा नयाँ सदस्य नियुक्त गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय दीपक खड्काले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेका हुन् ।
यसअघि उक्त समितिको सदस्यमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य रहेका थिए । उनीहरुलाई बर्खास्त गरेर सो पदमा गुरुङ र कार्कीलाई नियुक्त गरिएको हो ।
गुरुङ र कार्कीलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काले गत शुक्रबार पदमुक्त गरेका हुन् ।
उनीहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका थिए । उनीहरूले सञ्चालक समितिको मर्यादा र अनुशासन विपरीतका कार्यहरु गरेको विषयमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएकाले पदमुक्त गरेको जनाइएको छ ।
