शिक्षक तालिममा सहभागीहरुलाई अभिमुखीकरण
मकवानपुर । नवोदय इनोभेसन सेन्टर, हेटौंडाले संचालन गर्ने १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिममा सहभागीहरूलाई मंगलबार अभिमुखीकरण दिइएको छ ।
स्कुलहरूलाई सक्षम शिक्षक उपलब्ध गराउनका लागि एक वर्ष अवधिको तालिम सुरु गरेको नवोदय इनोभेसन सेन्टरले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्देश्य, आवश्यकता र प्रभाव बारे प्रस्तुती दिँदै हेटौंडालाई शैक्षिक हब बनाउने सपना बोकेर अघि बढेको नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले जानकारी दिए । अभिमुखीकरणमा तालिम कार्यक्रमको पाठ्यक्रम, मूल्याङ्कन प्रणाली प्रयोगात्मक शिक्षण सिकाइ बारे उनले बताए ।
नवोदय इनोभेसन सेन्टरको परामर्श सेवा लागू भएका विद्यालयका प्रिन्सिपलहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवोदय इनोभेसन सेन्टरले आजको आवश्यकता पूरा गरेकोमा खुसी व्यक्त गरेका थिए ।
१ वर्ष अवधिको डिप्लोमा कोर्स संयोजक रमिता दर्लामीले तालिम प्रशिक्षकहरूको परिचय दिएकी थिइन् ।
नवोदय इनोभेसन सेन्टर, हेटौंडाले यही २२ गते मंगलबारबाट नियमित रूपमा तालिम सञ्चालन हुने जनाएको छ ।
