कुवेतमा अलपत्र परेका चार नेपालीको उद्धार

तु खबर संवाददाता
२०८१ श्रावण १५, मंगलवार १८:४६

काठमाडौं । कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गरिएको छ ।

एजेन्टले कुवेत पुर्याएर करिब ३–४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्धार गरिएको हो ।

नवलपरासी घर भएका ९ जनामध्ये ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको हो ।

उनीहरुलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवम् पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्दार गरिएको हो ।

अन्य ५ जनाको पनि उद्धारका लागि पहल भइरहेको जनाइएको छ ।