१५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार १०:०६

मकवानपुर । रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी रिद्धिसिद्धि सिमेन्टले गत वर्षको एसईई परीक्षमा ३.५ जीपीएदेखि ४ जीपीएसम्म नतिजा ल्याएका विद्यार्थी मध्येबाट छनौट गरी १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

गत असार २९ गते पिप्ले रंगशालामा ३ ओटा विधामा संचालित परीक्षाबाट १५ जना विद्यार्थी छनौट गरी छात्रवृत्ति प्रदान गरिएको हो ।

गत सालमा आयोजना गरिएको छात्रवृति कार्यक्रममा ११ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए ।