हेटौंडामा एक दम्पती मृत फेला

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार ०९:०६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, लटिनाथ चिसापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

बुधबार स्थानीय ६२ वर्षीय केशब भण्डारी र उनको श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, आफ्नै घरको कोठाभित्र श्रीमान् पंखा झुण्डाउने फलामको हुकमा नाईलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा र श्रीमती धारिलो हतियारको प्रहारबाट मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।

मृतक महिलाको घाटीमा गहिरो चोट देखिएको जनाइएको छ ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।