कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ ।
महाशाखाका अनसार, हाल देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
यस्तै, आज देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ ।
यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने भएकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
