सिमलताल पहिरोः थप २ जनाको सनाखत
चितवन । सिमलताल पहिरोमा परेका थप २ जनाको शवको सनाखत भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत भएको प्रहरीले जनाएको छ ।
शव भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका २३ वर्षीय सुदिप विक र रौतहटका १७ वर्षीय फिरोज राहुप मिया रहेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ ।
त्रिशूलीमा बेवत्ता दुईवटा बसका ६५ यात्रुहरुमध्ये हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार अन्य यात्रुहरुको सरकारले खोजी जारी राखेको छ । खोजी कार्यमा भारत र बंगलादेशसँग पनि सहयोग मागिएको छ ।
शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतालमा लेदो सहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा पु¥याएको थियो । ३ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।