बकैयामा गिट्टी बालुवा उत्खनन् गरी स्थानीयको खेतबारीमा डम्पिङ गरिएको गुनासो

तु खबर संवाददाता
२०८१ असार ११, मंगलवार ११:३६

मकवानपुर । बकैया गाउँपालिका वडा नं ७ स्थित हिरामुनी खहरे खोलाबाट ढुङ्गा गिट्टी बालुवा उत्खनन्का क्रममा लापरबाही भएको भन्दै स्थानियले गुनासो गरेका छन् ।

शुभम् मिनरल प्रा.लि. नामक कम्पनीले ढुङ्गा गिट्टी  बालुवा उत्खनन् गरी स्थानीयको खेतबारीमा डम्पिङ् गरेपछि स्थायीयबासीले गुनासो गरेका हुन् । उनीहरुले मापदण्ड भन्दाबढी उत्खनन् भएको र सम्बन्धित निकायले आवश्यक छानविन गर्नुपर्ने समेत बताएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार जम्मा ५० हजार घनमिटर मात्रै उत्खनन् गर्नुपर्नेमा बढी उत्खनन भएको स्थानीयको भनाई छ ।

 स्थानीयबासीका अनुसार शुभम् मिनरल प्रालिका सञ्चालक गणेश अधिकारीले स्थानीय दुई ठेकेदारलाई ठेक्का दिएका थिए ।

५० हजार घनमिटर मात्रै उत्खनन् गर्न अनुमति लिएको बकैया गाउँपालिकाको कार्यालय र ठेक्का पाउने गणेश अधिकारीले बताएका छन् ।  अधिकारीले तु खबरसँग भने, ‘हामीले ५० हजार घनमिटर उत्खनन् गर्न अनुमति पाएको हो । हामीले अन्य दुई व्यक्तिलाई ठेक्का लगाएका छौं,  कति उत्खनन् भएको छ नाप्न पाएको छैनौं, अब हामी छिट्टै गएर नाँपजाँच गर्छौं । मापदण्डभन्दा बढी उत्खनन भएको छैन ।´ उनले स्थानीयको खेतबारीमा डम्पिङ् भएको नदिजन्य सामग्री चाडैं हटाइने बताए ।

सम्पादक ।