उपेन्द्र नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललेवर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संसदीय दलका नेता यादवले सोमबार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् ।
समर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएका छन् ।
जसपा नेपालबाट मन्त्री बनेकाहरुले सोमबार नै मन्त्रीबाट राजीनामा दिएका थिए ।
