एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

तु खबर संवाददाता
२०८१ बैशाख ७,शुक्रबार १६:२९
file-photo

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा भएको छ । शनिबारदेखि सुरु हुने उक्त बैठकको तयारी पूरा भएको शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

दुई दिनसम्म संचालन हुने उक्त परिषद् बैठक ललितपुरको सनराइज हलमा बस्नेछ । बैठकको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यसूची रहेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमार्फत् केन्द्रीय सदस्य आचार्यले बताए ।

उनका अनुसार, उक्त बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् ।

त्यस्तै, लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ ।