हसिना खानद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १५:४४
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

सांसद् खानले शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गरेकी हुन् ।

उनलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएकी हुन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको पदमा जसपाले खानको नाम सिफारिस गरेको थियो । सांसद् खान बाँकेकी हुन् ।