एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन स्थगित

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार १७:१३

काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले जेठमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ ३ देखि ७ गतेसम्म संचालन हुने भनिएको १० औं राष्ट्रिय महाधिवेशन असारम ागर्ने गरी स्थगित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार, बैठकले महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरेको हो ।

एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाइएको छ ।