सुदूरपश्चिम प्रदेशः एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता
कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।
एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।
यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए ।
उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
