अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान साढे १० बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठक पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा स्थगित भएको हो ।
बैठक संचालनका लागि १४ जना सांसदले सहभागिता जनाउनुपर्ने थियो । तर, ८ जना मात्रै सांसद उपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची तयार परिएको थियो ।
