धनजित राई हत्या प्रकरणः ३ जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ३,सोमबार १६:५१

खोटाङ । खोटाङका ३१ वर्षीय धनजित राईको हत्या अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका वर्ष २२ का विकास राई, वर्ष १८ का आशन राई र वर्ष २८ का गणेश राई छन् ।

गत १ वैशाखको राति करिब ८ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भीमबहादुर बस्नेतको मकैबारीमा राईको छुरा प्रहारबाट हत्या भएको थियो । हत्याको घटनापछि फरार उनीहरुलाई सोही नगरपालिकाको वडा नं. १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन् ।

उनीहरुलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए । प्रहरीका अनुसार उनीहरु तीनैजनाले धनजितको हत्यामा संलग्नता स्वीकार गरेका छन् ।